Sajhamanch Archive

५३६४ जना संक्रमणमुक्त, १९४५ संक्रमित थपिए

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १९४५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १० हजार ३४० नमुना परीक्षण गर्दा ७४० महिला र १२०५ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या २ लाख १६ हजार ९६५ पुगेको छ । उनीहरुमध्ये १२९८ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा मात्र ५३६४ जना निको भएका छन् भने हालसम्म१ लाख ९१ हजार २ जना संक्रमणमुक्त भएका छन् ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *