Sajhamanch Archive

बिर्तामोड उद्योग वाणिज्य संघको साधारणसभा स्थगित

Published: in अर्थतन्त्र, समाज by .

बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघको साधारणसभा र निर्वाचन कार्यक्रम स्थगित भएको छ ।

संघका अध्यक्ष कुमार भट्टराईको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले साधारणसभा र निर्वाचन स्थगित गर्ने निर्णय गरेको हो ।

कोरोना भाइरसको बढ्दो संक्रमणको जोखिमलाई मनन् गरी जिल्ला प्रशासन कार्यालय झापाको अनुरोध अनुसार कार्यक्रम स्थगित गरिएको अध्यक्ष भट्टराईले बताए ।

संघका वरिष्ठ उपाध्यक्ष प्रकाश शिवाकोटीका अनुसार गत कात्तिक २८ गते जिल्ला प्रशासन कार्यालयले पत्राचार गरी भीडभाड हुने कार्यक्रम स्थगित गर्न अनुरोध गरेपछि बिहीवार बसेको संघको बैठकले त्यस्तो निर्णय गरेको हो ।

संघको गत असोज ६ गतेको बैठकले मंसीर ७ गते साधारणसभा र पुस ७ गते नयाँ कार्यसमिति चयनका लागि निर्वाचन सम्पन्न गर्ने निर्णय गरेको संघका महासचिव भेषराज भण्डारी प्रशान्तले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *