Sajhamanch Archive

चितवनको नाराबाजीबारे छानविन गर्न नेता नेपालको माग

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले नेता सुरेन्द्र पाण्डे सहभागी कार्यक्रममा भएको नाराबाजीको भत्र्सना गरेका छन् ।

सुनियोजित रुपमा अभद्र व्यवहार तथा नाराबाजी भएको भन्दै नेता नेपालले यसको छानविन गरी कारबाही गर्न स्थानीय पार्टी एवं सम्वद्ध पक्षको ध्यानाकर्षण गराएका छन् । यस्तो कार्य जो सुकैले गरेको भए पनि लोकतान्त्रिक कम्युनिस्ट पार्टीका लागि पटक्कै नसुहाउने कार्य भएको उनले बताएका छन् ।

नेकपा स्थायी कमिटी सदस्य पाण्डेले शनिबार गृहजिल्ला चितवनको राप्ती नगर पार्टीको कार्यक्रममा बोलिरहँदा केही नेताहरुले नाराबाजी गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *