Sajhamanch Archive

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३८ दिनदेखि ताला

Published: in प्रदेश तह, मिडियाबाट साभार, समाज, स्वास्थ्य by .

कर्णाली । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको शैक्षिक र केन्द्रीय प्रशासनमा ३८ दिनदेखि तालाबन्दी गरिएको छ ।

प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा. राजेन्द्रराज वाग्लेले अनावश्यक राज्य कोष खर्च गर्ने गरी तेस्रो डिन नियुक्त गरेको भन्दै कर्मचारीले आन्दोलन गरिरहेका छन् । कुनै पनि निकायबाट सुनुवाइ नहुँदा ३८ दिनदेखि ताला लागेको हो ।

उपकुलपति वाग्लेले नर्सिङ डिन सरस्वती गौतम, मेडिसिन डिन रेशम राना हुँदा हुँदै तेस्रो जनस्वास्थ्य डिन मुनिराज क्षेत्रीलाई नियुक्त गरेपछि संस्थालाई आर्थिक भार बढी पर्ने भएका कारण रोक्न माग गर्दै कर्मचारी कल्याण समितको नेतृत्वमा कर्मचारी आन्दोलित भएका हुन् । ३० विद्यार्थीका लागि तीनजना डिन नियुक्त गर्नु आडम्बरी भएको अन्य पदाधिकारी पनि बताउँछन् ।

नेपालकै ठूला प्रतिष्ठानहरू वीर, पाटन, धरानमा समेत एक–एक डिन नियुक्त भइरहेको समयमा कर्णाली प्रतिष्ठानमा तीन डिन नियुक्त गर्नु आफ्ना मान्छेको भर्तीकेन्द्र बनाएको भन्दै कर्मचारीले विरोध गरिरहेका छन् ।

यस विषयमा उपकुलपति वाग्लेले कुनै सुनुवाइ नगरि उल्टै ती व्यक्तिलाई आन्दोलन चलिरहेकै समयमा जुम्ला ल्याएपछि नैतिकताको पराकाष्ठा गुमाएका कर्मचारी कल्याण समितिका संयोजक रामाकान्त उपाध्यायले बताए ।

उनले कार्यकारी समितिले पनि आन्तरिक समस्या सामाधान गर्छु भनेको ४० दिन पुग्न लागेको भन्दै उपकुलपतिको आडम्बरले सुनुवाइ नभएको बताए ।

                                                                                                                           उज्यालोबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *