Sajhamanch Archive

नगर प्रमुख शिवाकोटीलाई कोरोना संक्रमण

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by .

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

मेची प्रादेशिक अस्पताल भद्रपुरमा तीन दिन अघि स्वाव दिएर होम आइसोलेशनमा बस्दै आएका प्रमुख शिवाकोटीको पीसीआर रिपोर्ट शनिबार पोजेटिभ आएको हो ।

प्रमुख शिवाकोटीकी श्रीमतीलाई कोरोना पुष्टि भएसँगै परिवारको पीसीआर परीक्षण गरिएको थियो । त्यस्तै, घरमा काम गर्ने एक सहयोगीलाई पनि कोरोना पुष्टि भएको बिर्तामोड स्वास्थ्य शाखाले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *