Sajhamanch Archive

बार्सिलोना एटलेटिको मड्रिडसँग पराजित

Published: in खेलकुद by .

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना पराजित भएको छ । शनिबार राति भएको खेलमा बार्सिलोना एट्लेटिको मड्रिडसँग १–० गोल अन्तरले पराजित भएको हो ।

घरेलु मैदानमा भएको खेलमा एट्लेटिकोलाई जित दिलाउन यानिक करास्कोले निर्णायक गोल गरे । पहिलो हाफको इन्ज्यूरी समयमा करास्कोले गरेको गोल नै खेलको निर्णायक बन्यो ।

यो जितपछि एटलेटिको ला लिगामा दोस्रो स्थानमा उक्लिएको छ। एटलेटिको म्याड्रिडको ८ खेलमा २० अंक भएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *