Sajhamanch Archive

काबुलमा भएको रकेट आक्रमणमा ८ जनाको मृत्यु

Published: (Updated: ) in विश्व समाचार by .

अफगानिस्तानको राजधानी काबुलमा भएको रकेट आक्रमणमा ८ जनाको मृत्यु भएको छ । ३० भन्दा बढी घाइते भएका छन् । घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

दर्जनौ भवन र सवारीसाधनमा क्षति पुगेको छ । आतंककारी समूहले ट्रकबाट २३ राउण्ड रकेट प्रहार गरेको अधिकारीहरुले जनाएका छन् । अमेरिकी विदेशमन्त्री माइक पोम्पियो र तालिवानी मध्यस्थकर्ताबीच शान्तिवार्ताका लागि काबुलमा हुन लागेको बैठकको पूर्व सन्ध्यामा यो आक्रमण भएको हो ।आक्रमणको जिम्मेवारी इस्लामिक अतिवादी समुह आईएसले लिएको छ ।(एजेन्सी)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *