नयाँ मुलुकी ऐनको विरोधमा ‘नाङ्गै’ सडकमा
Published: (Updated: )
by .काठमाडौं । नयाँ मुलुकी ऐन र गाईलाई राष्ट्रिय जनावर बनाएको विरोधमा राजधानीमा एक युवाले नाङ्गै प्रदर्शन गरेका छन्।
अनामनगरस्थित हनुमानथान अगाडि नयाँ मुलुकी ऐन र गाईलाई राष्ट्रिय जनावरबाट बदर माग गर्दै प्रदर्शन गरिएको हो । ‘जनावर सबै एक हुन्, कानुन सबैलाई लागू गर, नयाँ मुलुकी ऐन संशोधन गर, राष्ट्रिय जनावर बदली गर’, लेखिएको प्लेकार्डसहित ती युवा नाङ्गै सडकमा उत्रेका हुन् ।
उनलाई प्रहरीले तत्कालै पक्राउ गरेर लगेको छ । नाङ्गै प्रदर्शन गर्ने युवाको परिचय खुलिनसकेको सिंहदरबार प्रहरी बृत्तले जानकारी दिएको छ ।
Comments