Sajhamanch Archive

शिवसताक्षीमा थप एकजना कोरोनाका कारण मृत्यु

Published: (Updated: ) in स्थानीय तह, स्वास्थ्य by .

शिवसताक्षी। झापाको शिवसताक्षीमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

शिवसताक्षी नगरपालिका वडा नं. ८ की ७७ वर्षीय चन्द्रमाया सेन्चुरीको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

गएको ५ गते स्वास्थ्यमा समस्या आएपछि विएण्डसी अस्पताल विर्तामोडमा भर्ना गरिएको थियो । कोरोनाको लक्षण देखिएको भन्दै अस्पतालले विरामीलाई स्वाव संकलन गरेपछि आफन्तले घर ल्याएका थिए ।

आइतबार विहान विरामीको मृत्यु भयो । दिउँसो पिसिआर रिर्पोट पोजेटिभ आएको शिवसताक्षी नगरपालिकाका स्वास्थ्यकर्मी रोसन अधिकारीले जानकारी दिए । योसँगै शिवसताक्षीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *