Sajhamanch Archive

सुनको भाउ तीन सय रुपैयाँले बढ्यो

Published: in अर्थतन्त्र by .

काठमाडौं । सुनको भाउ तोलामा तीन सय रुपैयाँले बढेको छ । आइतबारको कारोबारका लागि छापावाल सुनको भाउ ९४ हजार ३ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी वयवसायी महासंघले जनाएको छ ।

यस्तै तेजाबी सुनको भाउ प्रतितोला ९३ हजार ८ सय रुपैयाँ तोकिएको छ । शुक्रबार छापावल सुनको भाउ ९४ हजार तथा तेजावी सुनको भाउ ९३ हजार ५ सय रुपैयाँ थियो ।

चाँदीको भाउ भने अघिल्लो कारोबार दिनको तुलनामा नबढेको महासंघले जनाएको छ । चाँदी प्रतितोला १२ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

कोरोनाका कारण शिथिल बनेको सुन बजारमा तिहारमा चहल पहल बढेको थियो । विवाहको महिना सुरु भएकाले सुनको कारोबार बढ्ने प्रतिक्षामा व्यवसायीहरु छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *