Sajhamanch Archive

स्वास्थ्य मन्त्रालयले चार वटा प्रयोगशालालाई २४ घण्टे स्पष्टीकरण सोध्यो

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by .

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको परीक्षण गर्ने चारवटा प्रयोगशाला (ल्याब) लाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

परीक्षणका क्रममा नेगेटिभ रिपोर्ट आएको नमुना एक महिनासम्म र पोजेटिभ आएको नुमना तीन महिनासम्म भण्डारण गरेर राख्नुपर्ने निर्णय पालना नगरेको भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले स्टार अस्पताल, सेन्ट्रल डायग्नोस्टिक ल्याबरोटरी, सूर्या हेल्थ केयर र ह्याम्स अस्पताललाई स्पष्टीकरण सोधेको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए ।

यस्तै, अब पिसीआर परीक्षण गर्ने सबै प्रयोगशालाले आन्तरिक गुणस्तरमा ध्यान दिनुपर्ने निर्णय गरिएको छ । यी अस्पताल र प्रयोगशालामा स्वाब परीक्षण गरी नेगेटिभ रिपोर्ट लिएर हङकङ, जापान र दुबई गएकाहरूको उता परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएपछि मन्त्रालयले स्पष्टीकरण सोधेको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *