Sajhamanch Archive

झापामा थप ४९ जनामा कोरोना

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by .

बिर्तामोड । पछिल्लो २४ घण्टाभित्र झापामा थप ४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा १६ जना महिला र ३३ जना पुरुष रहेका छन् ।

संक्रमितहरुमा दमक नगरपालिकामा ३ जना महिला र ८ जना पुरुष गरी ११ जना, भद्रपुरका ३ महिला र ६ जना पुरुष गरी ९ कमल गाउँपालिकाका ३ महिला र ४ पुरुष, अर्जुनधाराका २ महिला र २ पुरुष, शिवसताक्षीका २ महिला र ४ पुरुषमा कोरोना पुष्टि भएको हो ।

त्यस्तै मेचीनगरका १ महिला र ३ पुरुष, गौरादहका २ जना पुरुष, बिर्तामोडका १ महिला र २ पुरुष, कनकाई र बाह्रदशीका १-१ जना पुरुष तथा गौरीगञ्जकी एक महिलामा आज संक्रमण पुष्टि भएको छ ।

यो सँगै झापा जिल्लामा कुल संक्रमितको संख्या ३ हजार २७१ पुगेको छ । कोरोनालाई जितेर घर फर्किनेको संख्या भने २ हजार २६० रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *