Sajhamanch Archive

झापामा श्रीमानद्वारा श्रीमतीको हत्या

Published: in समाज by .

झापा । झापाको दमक नगरपालिका वडा नं.१ का चूडामणि भण्डारीले आफ्नी श्रीमतीको हत्या गरेका छन् ।

कमल गाउँपालिका वडा नं.६ जोगीचौंनस्थित आफ्नो खेतमा गएका समयमा भण्डारीले अन्दाजी ३७ वर्षीया श्रीमती टीकामाया पौडेललाई आइतबार साँझ धारिलो हतियार प्रहार गरेर हत्या गरेको आरोप लगाइएको छ ।

भण्डारीले श्रीमतीको किन हत्या गरे भन्ने विषय खुल्न बाँकी रहेको र थप अनुसन्धान भइरहेको दमक इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *