Sajhamanch Archive

नगर प्रमुख आचार्य उपचारपछि घर फर्के

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by .

मेचीनगर । मेचीनगर नगरपालिकाका नगरप्रमुख विमल आचार्य ३९ दिनको उपचारपछि आइतवार भारतको सिलिगुढीबाट घर फर्केका छन् ।

कोभिड १९ को संक्रमणसँगै फोक्सोमा इन्फेक्सन भएर उनी उपचारका लागि सिलिगुढीको किन्स हस्पिटलमा भर्ना भएका थिए ।

कोरोना र फोक्सोको इन्फेक्सनको सफल उपचारपछि नगरप्रमुख स्वास्थ्यलाभ गरेर घर फर्केको नगरपालिकाका प्रेस सल्लाहकार लक्ष्मी उप्रेतीले बताए । नगरप्रमुख आचार्य आइतबार साँझ मात्र काँकरभिट्टास्थित निजी निवासमा आइपुगेका हुन् । उनले केही दिनपछि फ्लोअप उपचारका लागि सिलिगुढी जानु पर्नेछ ।

असोज २८ गते पीसीआर पोजेटिभ भएपछि कार्तिक ४ गते आचार्यलाई विराटनगरको नोवेल हस्पिटलमा भर्ना गरिएको थियो । कार्तिक ११ गते उनलाई थप उपचारका लागि भारतको सिलिगुढीस्थित किन्स हस्पिटलमा लगिएको थियो ।

किन्सले उनलाई एक साता अघि मात्र हस्पिटलबाट डिस्चार्ज दिएको थियो । त्यसपछि उनी सिलिगुढीमै बसेर फ्लोअपमा धाइरहने गरेका थिए । अझै केही समय फ्लोअपमा गइरहनु पर्ने भएको हुँदा उनलाई चिकित्सकहरुले नेपाल फर्किन अहिले नै अनुमति दिन चाहेका थिएनन् ।

तर नेपाल फर्केर फ्लोअपमा आइरहने र आइसोलेसन (भीडभाडमा नजाने गरी) बस्ने गरी घर जान चिकित्सकहरुले अनुमति दिएको बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *