Sajhamanch Archive

नवोदय साकोसको वार्षिक साधारणसभा, सहकारीले वित्तिय कारोबार गर्ने मात्र नभई उत्पादन क्षेत्रमा लाग्नु पर्ने गाउँपालिका अध्यक्ष काफ्लेको भनाई

Published: (Updated: ) in मुख्य समाचार, समाज, सहकारी by .

कमल । सहकारीले बचत र कर्जा लागानी मात्र गर्ने होइन, उत्पादनतर्फ लाग्नु पर्ने कमलगाउँपालिका अध्यक्ष मेनुका काफ्लेले बताएकी छिन् ।

कमल गाउँपालिका वडा नम्वर ३ स्थित नवोदय वहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २२ औं वार्षिक साधारणसभाको शुभकामना राख्ने क्रममा कमल गाउँपालिकाका अध्यक्ष काफ्लेले कमल गाउँपालिका भित्र रहेका सहकारीहरु मिलेर अब कृषिलाई अगाडी बढाउनु जोड दिनु पर्ने बताइन् । गाउँपालिकाको अर्थतन्त्रलाई टेवा पुर्याउने भनेकै कृषि हो ।

पालिकाले पनि एक सहकारी एक उत्पादनको नीति ल्याएको छ उनले भनिन् । त्यस्तै अध्यक्ष काफ्लेले गाउँपालिकाले व्यवसाय प्रवर्धन कोषका लागी २ करोड रुपैया विनियोजन गरेको जानकारी दिइन् । व्यवसायीले इच्छाएको सहकारी मार्फत त्यो रकम पाउने छन् । एक वाड एक उत्पादन नीति समेत निर्माण भै सकेको छ । त्यसलाई जोड्ने भनेकै सहकारी भएकोले यसमा सहकारीले सहयोग गर्नुपर्ने अध्यक्ष काफ्लेको भनाई थियो ।

राज्यले गर्न नसकेका कतिपय काम सहकारीले गरेका छन् । आउँदा दिनमा सहकारीले कृषि उद्योग तर्फलाग्न आवश्यक रहेको कमल गाउँपालिका वडा नं. ३ का अध्यक्ष नरप्रसाद दंगालले बताए । कोभिड १९ ले पनि कृषितर्फ लाग्न प्रेरित गरेको छ । अब सहकारीले कृषि पेशालाई अगाडी बढाउनु पर्ने बेला आएको वडाध्यक्ष दंगालले बताए।

सहकारीले अबका दिनमा सदस्यको आवश्यकतालाई पैचानगरी व्यवसायिक तर्फलाग्न अवश्यक छ । स.स्थाले सन्चालन गरेका जिवन प्रदान कोष र राहात प्रदान कोषले सदस्यलाई राम्रो फाईदा हुने गरेको छ । अवका दिनमा सहकारीले सदस्यको आर्थिक उन्नति तर्फ लाग्न आवश्यक रहेको पूर्व नेपाल बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष प्रेम सापकोटाले बताए ।
नवोदयसँग साझेदारी गरेको ४ वर्ष भन्दा बढीभयो हामिले ८४ वटा सहकारीसँग साझेदारी गरेका छौ । साझेदारी गरेका सहकारी सस्था मध्ये नवोदय उत्कृष्ट सहकारी स.स्था हो । यसको सेवा प्रवाहगर्ने क्षमता उत्कृष्ट छ । आगामी दिनमा सदस्यको आवश्यकता पहिचान गरी अझ व्यवसायतर्फ लाग्न फस्ट माईक्रोफाईनान्स लघुविक्त विक्तिय सस्था उर्लावारी शाखाका प्रमुख हिरामणी सिलवालले बताए ।

नेपाल रेडक्रस सोसाइटी दमक शाखाको प्राविधिक सहयोगमा साधारण सभाका अवसरमा रक्तदान समेत गरिएको थियो । रक्तदानमा संस्थाका सञ्चालक, शेयर सदस्य र संस्थाका कर्मचारी गरी २० जनाले रगतदान गरेका थिए ।

वि.सं. २०५४ सालमा २७ जना सदस्यबाट १३ हजार ५०० शेयर पुँजी संकलन गरी कारोवार सुरु गरेको संस्थाले २२ औ वर्ष पुरा सदस्य संख्या १३ हजार ७ सय ८० जना र शेयर पुँजी १० करोड ४५ लाख ३ हजार ७०० रुपैया तथा बचत ३३ करोड ३९ लाख ७ हजार १७२ रुपैया पुगेको छ ।
त्यसैगरी संस्थामा १ करोड २६ लाख ३८ हजार २२० रुपेया कोष जम्मा भएको छ भने खुद नाफा ३ करोड ३७ लाख ६१ हजार ८७३ रहेको अध्यक्ष द्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ ।
सस्थाका अध्यक्ष शरणकुमार पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष बलराम गजुरेलले शाब्दिक शब्दल गरेका थिए भने व्यवस्थापक फणिन्द्र बहादुर काकीले सन्चालन गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *