Sajhamanch Archive

मनमोहन प्राविधिक विश्वविद्यालय र करुणा फाउण्डेसनवीच सम्झौता

Published: in विविधा by .

विराटनगर । प्रदेश १ सरकार अन्र्तगतको मनमोहन प्राविधिक विश्वविद्यालय र करुणा फाउण्डेसनवीच सीप मुलक तालिम तथा श्रोत केन्द्र सञ्चालनका लागि सम्झौता गरिएको छ ।

विश्वविद्यालय अन्र्तगतको विराटनगर १४ मा रहेको विराट क्याम्पसको भवनमा विभिन्न सीप मुलक तालिम सञ्चालन गर्न ५ बर्षका लागि सम्झौता गरिएको हो । प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र करुणा फाउण्डेसनको सहकार्यमा सञ्चालित अपाङ्गता पुर्नस्थापना सम्बन्धि कार्यक्रमका विभिन्न सीपमुलक तालिम र विश्वविद्यालयका सीप मुलक तालिम सञ्चालनका लागि २०८२ भदौ मसान्त सम्मका लागि सम्झौता गरिएको विश्वविद्यालयका प्रशासन प्रमुख मदन प्रधानले जानकारी दिए ।

सम्झौता अनुसार विराट क्याम्पसको भवनमा तालिम तथा श्रोत केन्द्र सञ्चालनका लागि आवस्यक मर्मतको कार्य करुणा फाउण्डेसनले गर्ने भएको छ । फाउण्डेसनले मर्मतका लागि करिव ५० लाखको लागत स्टिमेट तयार गरेको छ ।

सम्झौता कार्यक्रममा सामाजिक विकास मन्त्री तथा मनमोहन प्राविधिक विश्वविद्यालयका सहकुलपति जीवन घिमिरे, बुढीगंगा गाउँपालिकाका अध्यक्ष बालचन्द्र माझी, विश्वविद्यालयका प्रमुख सुवास श्री पोखरल, करुणा फाउण्डेसनका सहनिर्देशक योगेन्द्र गिरी लगायतको उपस्थिति रहेको थियो ।

विराटनगर १४ को विराट क्याम्पसको सम्पत्ति र दायित्व मनमोहन विश्वविद्यालयलाई गत भदौ ४ गते हस्तान्तरण गरिएको थियो । विराट क्याम्पसका अध्यक्ष भूराज राईले करिव ४० करोडको सम्पत्ति तथा दायित्व विश्वविद्यालयका प्रमुख सुवास श्री पोखरेललाई हस्तान्तरण गरेका थिए ।

मनमोहन प्राविधिक विश्वविद्यालय अहिले पाठ्यक्रम तयारीमा रहेकाले शैक्षिक कार्यक्रम सञ्चालन गर्न करिव १ वर्ष लाग्ने भएकाले तत्कालका लागि प्रदेश सरकारले सीप मुलक तालिम तथा श्रोत केन्द्र सञ्चालन गर्न लागेको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए । सामाजिक विकास मन्त्रालय र मनमोहन प्राविधिक विश्वविद्यालय अन्र्तगतका तालिम विराट क्याम्पसको भवनबाट शुरु गरिने मन्त्री घिमिरेले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *