Sajhamanch Archive

भारती सिंह र उनका श्रीमान् जमानतमा रिहा

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन by .

हास्यकलाकार भारती सिंह र उनका श्रीमान् हर्ष लिम्बाचियालाई मुम्बईको एक अदालतले जमानत दिएको छ ।

दुबैलाई १५–१५ हजार जमानत लिएर छाडिएको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन् ।

सुशान्त सिंह राजपूतको मामिलामा ड्रग्सको कुरा सार्वजनिक भएपछि फिल्म र टिभी जगतका विभिन्न हस्तीलाई नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले सोधपुछ गरिरहेको छ । एनसीबीले नयाँ सिलसिलामा चर्चित व्यक्तिहरुको घरमा छापामारी पनि गरिरहेको छ । यसमा अब ताजा नाम चर्चित हास्यकलाकार भारती सिंहको नाम जोडिएको छ ।

भारती सिंहलाई एनसीबीले शनिबार मुम्बईमा उनको घरबाट पक्राउ गर्यो । एनसीबीका अनुसार उनको घर र प्रोडक्सन हाउसमा गरिएको छापामारीमा गाँजा भेटिएको थियो ।

विभागका अधिकारीको दाबी अनुसार भारती सिंह र उनका श्रीमानले गाँजा सेवन गर्ने गरेको कुरा स्विकारेका छन् । भारती सिंहका साथै उनका श्रीमान् हर्ष लिम्बाचियालाई पनि पक्राउ गरिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *