Sajhamanch Archive

कोरोना संक्रमणबाट सशस्त्र प्रहरीका इन्स्पेक्टरको निधन

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

विराटनगर । कोरोना संक्रमणका कारण सशस्त्र प्रहरी बलमा कार्यरत एक इन्स्पेक्टरको निधन भएको छ । संक्रमणका कारण गएराति उनको निधन भएको हो ।

संक्रमणपछि भेन्टिलेटरमा राखेर विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचार गराइरहेका उनको मृत्यु भएको सशस्त्र प्रहरी बलका प्रवक्ता एवं डीआईजी राजु अर्यालले जानकारी दिए ।

सशस्त्रमा ०६८ सालमा सेवा प्रवेश गरेका इन्सपेक्टर सशस्त्र प्रहरी ३ नम्बर गण मोरङमा दरबन्दी थियो । उनमा २७ असोजमा संक्रमण पुष्टि भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *