Sajhamanch Archive

पारस आइसीसीको दशक अवार्डको मनोनयनमा

Published: (Updated: ) in खेलकुद by .

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को पुरुष एसोसियट प्लेयर अफ द डिकेडको मनोनयनमा परेका छन् ।

आइसीसीले दशकभर उत्कृष्ट प्रदर्शन गर्नेलाई विभिन्न शिर्षकमा सम्मानित गर्न लागेको हो । स्पिरिट अफ क्रिकेट, आइसिसी एसोसियट क्रिकेटर, आइसिसी महिला एसोसियट क्रिकेटर, महिला क्रिकेटर, पुरुष क्रिकेटर, ओडिआई पुरुष र महिला क्रिकेटर, टेष्ट क्रिकेटर, लगायत विधाको मनोनयन सार्वजनिक गरेको छ ।

आइसिसीले पछिल्लो एक दशकमा उत्कृष्ट प्रर्दशन गर्ने खेलाडीलाई सम्मानित गर्न लागेको हो । आइसिसीले अवार्ड मिति भने तोकेको छैन ।

पारससँगै स्कटल्यान्डका काइल कोट्जर, कलुम म्याकलेओड, रिची बेरिंगटन, पपुवा न्युगिनीका असाद भाला र नेदरल्यान्ड्सका पिटर बोरेन मनोनयन सूचिमा छन् । पारस नेपाललाई डिभिजन पाँच देखि ओडिआई मान्यता सम्म पुर्याउने कप्तान हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *