Sajhamanch Archive

झापामा थप १११ जनामा कोरोना, तीन जनाको मृत्यु

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by .

झापा । झापामा आज थप १११ जना कोरोना संक्रमित थपिएका छन् । जसमा ५१ महिला र ६० जना पुरुष रहेका छन् ।

संक्रमित हुनेहरुमा दमक नगरपालिकामा ६ महिलासहित ११ जना, मेचीनगर नगरपालिकामा २ महिलासहित ४ जना, बिर्तामोड नगरपालिकामा १० महिलासहित २३ जना, भद्रपुर नगरपालिकामा ४ महिलासहित ५ जना, अर्जुनधारा नगरपालिकामा १ महिलासहित ५ जना, कनकाई नगरपालिकामा ५ महिलासहित ९ जना संक्रमित रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।

यसैगरी, कमल गाउँपालिकामा २ जना महिला, बुद्धशान्ति गाउँपालिकामा २ महिलासहित ६ जना, हल्दीबारी गाउँपालिकामा १ महिलासहित ३ जना, कचनकवल गाउँपालिकामा २ महिलासहित ४ जना, शिवसताक्षी नगरपालिकामा २ महिलासहित ४ जना, बाह्रदशी गाउँपालिकामा १ जना महिला, गौरादह नगरपालिकामा ९ महिलासहित २६ जना र पालिका नखुलेको ४ महिलासहित ८ जना संक्रमित रहेको उनले जानकारी दिए ।

त्यसमध्ये पालिका नखुलेको ८ जनामा २ जना इलाम, ३ जना मोरङ, १ जना तुलसीपुर र २ जनाको ठेगाना नखुलेको उनले बताएका छन् ।

त्यस्तै आज मृत्यु हुनेमा २ महिला र १ जना पुरुष छन् । भद्रपुर नगरपालिका वडा नं.१ र ८ का ६३ र ६८ वर्षीया महिला र दमक नगरपालिका वडा नं.९ का ८० वर्षीय पुरुषको कोरोना भाइरसका कारण मृत्यु भएको कार्यालयले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *