Sajhamanch Archive

बस्नेतको मृत्युमा सिम्रिक साकोसद्वारा दुःख व्यक्त

Published: (Updated: ) in मुख्य समाचार, समाज, सहकारी by .

मेचीनगर । झापा जिल्लाभर कार्यक्षेत्र रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्य तथा कर्मचारी परिवारमा शोक व्यक्त गर्दै मृत्यु राहत प्रदान गरेको छ ।

संस्थाका शेयर सदस्यहरु ध्रुवबहादुर बस्नेत,दिपेन्द्रकुमार बस्नेत,तारादेवी बस्नेत र कुञ्जुदेवि ढुङ्गाना तथा संस्थामा कार्यरत कर्मचारी सरस्वती तामाङ बस्नेतका ससुराबुबाको निधनप्रति दुःख व्यक्त गर्दै आज श्रद्धाञ्जली अर्पण गरेको हो ।

संस्थाका कर्मचारी बस्नेतका ससुराको ८२ वर्षको उमेरमा गत मंसीर २ गते निधन भएको थियो । संस्थाले बस्नेतको मृत्युमा ६० हजार मृत्यु राहतसहित समवेदना पत्र प्रदान गरेको हो ।

संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतसहित सञ्चालक र कर्मचारीहरुले आज स्वर्गीय बस्नेतको घर मेचीनगर नगरपालिका वडा नं.१० धुलाबारीमा पुगेर श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

उक्त श्रद्धाञ्जली कार्यक्रमको सञ्चालन संस्थाका विभागीय प्रमुख मिनबहादुर अधिकारीले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *