Sajhamanch Archive

एनएमसीद्वारा कुर्सी तथा भाँडावर्तन सहयोग

Published: (Updated: ) in लोकप्रिय, समाज, सहकारी by .

मेचीनगर । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) ले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत ६३ थान कुर्सी तथा भाँडावर्तन सहयोग गरेको छ ।

एनएमसी चारआली कार्यालय अन्र्तगत इकाइ ८ ले अन्त्येष्टी कार्य सहयोग समाज मेचीनगर नगरपालिका वडा नं.१२ सहरेडाँगीलाई ५३ थान कुर्सी र अन्त्येष्टी कार्यमा आवश्यक पर्ने भाँडावर्तन तथा विष्णु पञ्चायन सामुदायिक संस्था मेचीनगर नगरपालिका वडा नं.१३ शान्ति टोललाई १० थान कुर्सी हस्तान्तरण गरेको हो ।

चारआली कार्यालय अन्र्तगत इकाइ ८ का संयोजक पुष्पबहादुर बस्नेतको अध्यक्षतामा भएको सहयोग कार्यक्रमको प्रमुख अतिथि चारआली कार्यालयगत समितिका संयोजक प्रेमप्रसाद पौडयाल रहेका थिए ।

सामाजिक योगदानमा मेरो १ रुपैयाँ अभियानबाट उठेको हालसम्मको रकमको ७५% सामाजिक कार्यमा लगानी गर्न पाउने नियम अनुसार दुईवटा सामाजिक संस्थाहरुलाई कुर्सी र भाँडावर्तन सहयोग गरिएको इकाइ ८ का संयोजक बस्नेतले जानकारी दिए ।

सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि पौडयाल,अन्त्येष्टी कार्य सहयोग समाजका अध्यक्ष नरेन्द्रकुमार विष्ट, चारआली कार्यालय अन्र्तगत इकाइ १० का संयोजक शिव प्रसाईं र विष्णु पञ्चायन सामुदायिक संस्थाका अध्यक्ष मञ्जु घिमिरे लगायतले आ -आफ्ना धारणा राखेका थिए ।

उक्त सहयोग कार्यक्रमको सञ्चालन चारआली कार्यालय अन्र्तगत इकाइ ८ का सदस्य भगिरथा खतिवडाले गरेकी थिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *