Sajhamanch Archive

शिवसताक्षी सुविधा सम्पन्न तालिम केन्द्र भवन बन्ने

Published: (Updated: ) in विविधा by .

शिवसताक्षी । शिवसताक्षी नगरपालिकामा सुविधा सम्पन्न तालिम केन्द्र निर्माण हुने भएको छ ।

आज शिवसताक्षीको झिलझिलेमा एक कार्यक्रमको आयोजना गरी उक्त गोपाल गौरी दिगो विकास प्रतिष्ठानले तालिम केन्द्र भवनको शिल्यान्यास गरेको हो ।

प्रतिनिधिसभा सांसद लालप्रसाद साँवा, प्रदेश सांसद झलकसिं दर्लामी, शिवसताक्षी नगरपालिका प्रमुख चन्द्रकुमार शेर्मा, उपप्रमुख भोजकुमारी नेपाल र वडाध्यक्ष भैरवकुमार श्रेष्ठले भवनको शिल्यान्यास गरेका थिए ।

प्रतिष्ठानलाई २ करोड ५० लाखको लागतमा ४ तले सुविधा सम्पन्न तालिम केन्द्र निर्माण गर्न लागेको हो ।

गोपाल गौरी दिगो विकास प्रतिष्ठानकी केन्द्रिय अध्यक्ष इन्दिरा गौतमले आफुले खरिद गरेको २२ धुर जग्गा तालिम केन्द्र निर्माण गर्न लागिएको प्रतिष्ठानका झापा अध्यक्ष भद्र दुमी राईले जानकारी दिए ।

उक्त भवनमा सिलार्इ, ढाकाका आइटम, पार्लर र प्रतिष्ठानले उत्पादन गरेका वस्तुको प्रदर्शनी कक्ष र विभिन्न सीप मुलक तालिमहरु रहने प्रतिष्ठानले जनाएको छ ।

शिवसताक्षी नगरपालिका वडा नम्बर ११ मा कार्यालय रहेको उक्त संस्थाले प्रतिष्ठानकी अध्यक्ष इन्दिरा गौतमबाट २२ धुर जग्गा अनुदान पाएको थियो । सोही जग्गा क्षेत्रमा अत्याधुनिक प्रकृतिको भूकम्प प्रतिरोधात्मक भवन निर्माण हुने भएको हो ।

भवन शिलान्यास कार्यक्रममा झापा निर्वाचन क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्य लालप्रसाद सावाँ, प्रदेश सांसद झलक दर्लामी मगर, शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्मा, उपप्रमुख भोजकुमारी नेपालले गौतमको प्रतिष्ठानको माध्यमबाट विभिन्न कारणबाट पीडित महिलाहरुलाई जीवन यापन गर्नका लागि आत्मनिर्भर बनाएको कार्यको प्रशंसा गरेका थिए ।

कार्यक्रममा शिवसताक्षी नगरपालिका वडा नम्बर ११ का अध्यक्ष भैरवकुमार श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राई, नेकपाका नगर अध्यक्ष महेन्द्र भट्टराई, क्षेत्रीय संयोजक राधाकृष्ण खनाल, नगरका सचिवालय सदस्य डिल्ली रमण खतिवडा लगायतको उपस्थिती थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *