Sajhamanch Archive

उद्योग वाणिज्य महासंघको साधारण सभा आजदेखि शुरू हुँदै

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by .

काठमाडौं । निजी उद्योगीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभा आजदेखि काठमाडौंमा शुरू हुँदैछ। ​

साधारसभाको प्रधानमन्त्री केपी ओलीले बालुवाटारबाट जुम मिटिङबाट उद्घाटन गर्नेछन्। गत चैतमै हुनुपर्ने साधारण सभा (नेतृत्व चयनको महाधिवेशन) बिहीबारबाट सुरु भई ३ दिनसम्म चल्नेछ।

महासंघको नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनका लागि तीन स्थानमा मतदान हुने निर्वाचन समितिले जानकारी दिएको छ। जसअनुसार प्रज्ञा भवन कमलादी, कार्की ब्यांकेट र उद्योग वाणिज्य महासंघको कार्यालय टेकुमा मतदान हुनेछ।

यसैगरी, मंसिर १२ गते भर्चुअल रूपमा नै बन्दसत्र संचालन हुने छ। १३ गते बिहान ८ बजेदेखि मतदान सुरु हुने निर्वाचन समितिले जनाएको छ। कोरोना संक्रमित प्रतिनिधिले पनि मतदान गर्न पाउने व्यवस्था गरिएको निर्वाचन समितिले जानकारी दिएको छ।

महासंघको वरिष्ठ उपाध्यक्षका लागि किशोर प्रधान र चन्द्र ढकाल उम्मेदवार छन्। दुवै उम्मेदवार आ–आफ्ना प्यानल लिएर चुनावमा होमिएका छन्। साधारणसभापछि हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः महासंघ अध्यक्ष बन्नेछन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *