Sajhamanch Archive

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानमा कमल गाउँपालिकाको ऐक्यबद्धता

Published: in विविधा by .

कमल । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानमा सहकार्य गर्दै झापाको कमल गाउँपालिकामा पनि लैगिक हिंसा विरुद्धको कार्यक्रम गर्न सुरु गरिएको छ ।

“लैंगिक हिंसा अन्त्यको प्रतिवद्धताः व्यक्ति समाज र सवैको ऐक्यवद्धता “भन्ने नाराका साथ लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानमा ऐक्यवद्धता जनाउदै कार्यक्रमको उद्घाटन गरिएको हो ।

हरेक वर्ष नोबेम्बर २५ देखि डिसेम्बर १० सम्म विभिन्न कार्यक्रमगरी मनाउँदै आएकोमा यो वर्ष कोभिड १९ का कारण औपचारीक कार्यक्रम सन्चालन हुन सकेका छैनन् । तर गाउँपािलकाका सातै वडा वडाले ऐक्यवद्धता जनाउदै लैंगिक हिंसा विरुद्ध हस्ताक्षर गर्ने कार्यक्रम रहेको कमल गाउँपालिका महिला तथा वालवालिका शाखा प्रमुख रेनुका गौतमले जनाकारी दिइन् ।

सन् १९६० नोभेम्वर २५ मा ल्याटिन अमेरीकाको डोमिनिकन गणतन्त्रका राफेल टुजिलो नामक तानाशाहीले ३ जना मिरावल दिदी बहिनी पेट्रिया, मारिया र मिनर्वाहरुलाई त्यहाँका गरेको क्रुर हत्याको सन्दर्भलाई सम्झने गरिन्छ । सोही घटनाको सम्झनामा सन् २००० देखी यो दिनलाई महिला माथि भएको (लैंगिक) हिंसाको रुपमा लिई संयुक्त राष्ट्रसंघबाट नै निर्णय भई संसार भरि अन्तराष्ट्रिय महिला विरुद्धको हिंसा उन्मुलन दिवस नोभेम्वर २५ लगायत १६ दिने अभियान मनाउन थालिएको हो ।

त्यसैगरी कार्यक्रमको १६ औं (अन्तिम) दिन लाई अन्तराष्ट्रिय मानवअधिकार दिवस मनाउन थालिएको हो । यसका साथै संयुक्त राष्ट्रसंघबाट सन् १९४८ डिसेम्बर १० मा मानव अधिकारको विश्वव्यापी घोषणपत्र जारी भएको दिन भएकोले पनि यो दिन महत्वपूर्ण रहेको भनाई छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *