Sajhamanch Archive

नागरिकको अभिभावकत्व सरकारले प्रदान गर्नेछ : प्रधानमन्त्री ओली

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकको अभिभावकत्व सरकारले प्रदान गर्ने बताएका छन् ।

सामाजिक सुरक्षा योजनाको तेस्रो वार्षिक उत्सवमा बोल्दै प्रधानमन्त्री ओलीले नागरिकको सामाजिक सुरक्षाको जिम्मा सरकारले लिइसकेकाले कसैलाई पनि कुनै समस्या हुन नदिन सरकार लागिपरेको बताए ।

‘सामाजिक सुरक्षा योजना उन्नत चरणको ध्योतक, पारस्परिक सहयोग र उत्तरदायित्वपूर्ण अभिभारा हो’, उनले भने, ‘राज्य सत्ताको कर्तव्यको हैसियतमा सामाजिक सुरक्षा महत्वपूर्ण रहेको छ ।’

यो भन्दा पहिले पनि वृद्ध भत्ता लगायतका विभिन्न सामाजिक सुरक्षाका कदमको आलोचना भएको भए पनि अहिले आएर त्यसको महत्व बुझिएको भन्दै योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको महत्व पनि विस्तारै बुझिदै जाने उनले बताए ।

समाजको मानवोचित सभ्य समाज निर्माण गर्ने कर्तव्य र भावना र त्यसबाट निर्देशित भएर गर्नुपर्ने कामहरुलाई सामाजिक सुरक्षा योजनाले समेट्ने भन्दै त्यसको महत्व निकै बढी भएको उनले बताए ।

उनले सामाजिक सुरक्षा कोषले सुरक्षित लागनी मार्फत दिगो प्रतिफल दिने भन्दै कोषको दीर्घकालीन वित्तीय स्रोतमा गुणात्मक वृद्धि हुँदै जाने पनि बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *