Sajhamanch Archive

प्रदेश १ मा २०७ संक्रमित थपिए, २०२ डिस्चार्ज

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by .

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा २०७ जना कोरोना संक्रमित थपिएका छन्। जसमा मोरङमा ७२, झापामा ६७, सुनसरीमा ३९, इलाममा ७, उदयपुरमा ५, पाँचथर र धनकुटामा ३–३, संखुवासभामा १ र प्रदेश १ बाहिरका १० जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

विराटनगरमा ४८, उर्लाबारीमा ७, सुन्दरहरैचामा ६, बेलबारी र केराबारीमा २–२, रंगेली, पथरीशनिश्चरे, लेटाङ, ग्रामथान, कानेपोखरी र स्थानीय तह नखुलेका १–१, झापाको विर्तामोड र दमकमा १५–१५, अर्जुनधारामा ८, कनकाईमा ७, मेचीनगरमा ६, शिवसताक्षी र भद्रपुरमा ४–४, बुद्धशान्तिमा ३, कमल र झापा गाउँपालिकामा २–२, गौरादहमा १, सुनसरीको इटहरीमा १६, धरानमा १४, इनरुवामा ५, बर्जुमा २, दुहवी र हरिनगरमा १–१ जनाको रिपोर्ट पोजेटिभ आएको छ।

उता इलामको सुर्योदयमा ६, इलाम नगरपालिकामा १, उदयपुरको चौदण्डीगढीमा ४ र त्रियुगामा १, पाँचथरको फिदिममा २, पाथीभरा याङवरकमा १, धनकुटाको महालक्ष्मीमा २, धनकुटा नगरपालिकामा १, संखुवासभाको सभापोखरीमा १ र प्रदेश १ बाहिरका १० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २६ हजार ४५९ पुगेको छ।

प्रदेश १ मा बिहीबार २०२ जना डिस्चार्ज भएका छन्। होम आइसोलेसनबाट १९६, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराट मेडिकल कलेजबाट ३–३ जना डिस्चार्ज भएका हुन्। हालसम्म २१ हजार ४९१ जना डिस्चार्ज भएका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *