Sajhamanch Archive

उद्योग वाणिज्य महासंघको निर्वाचन नरोकिने

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । सर्वोच्च अदालतले उद्योग वाणिज्य महासंघको निर्वाचन रोक्न माग गर्दै दायर भएको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

शिवशंकर शाहले बुधबार दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले अन्तरिम आदेश जारी गर्न नपर्ने ठहर गरेको हो ।

आज बिहानै महासंघको साधारणसभा उद्घाटन भइसकेको छ । सर्वोच्चको यो आदेशसँगै उद्घाटन भइसकेको साधारणसभा सम्पन्न गर्न बाधा नपर्ने भएको छ ।

महासंघको निर्वाचन प्रक्रिया अवैधानिक भन्दै प्रदेश २ का उद्योग वाणिज्य महासंघका अध्यक्ष शाहले निर्वाचन रोक्न माग गर्दै यसअघि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी दिएका थिए । सो उजुरी नहेरेको भन्दे उनी बुधबार सर्वोच्च अदालत पुगेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *