Sajhamanch Archive

गण्डकी, वाग्मती र प्रदेश एकका पहाडी भेगमा हल्का पानी पर्ने सम्भावना

Published: (Updated: ) in प्रदेश तह, समाज by .

झापा । आज गण्डकी, वाग्मती र प्रदेश एकका पहाडी भेगमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले पश्चिमी वायुको प्रभाव रहेको छ । पश्चिमी वायुको प्रभावका कारण गण्डकी, वाग्मती र प्रदेश एकका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् ।

रातिदेखि पश्चिमी वायुको प्रभाव बिस्तारै कम हुने भएकाले पानी पर्ने सम्भावना छैन । प्रदेश एकमा आंशिक बद्ली मात्रै हुनेछ । बाँकी ठाउँको मौसम सामान्यतया सफा नै रहने उनले बताइन् । यसैबीच भारतमा आएको निवार नामक तुफानको असर नेपालमा नपर्ने उनले बताएकी छन् ।

तुफान कमजोर बन्दै गएकाले यसको असर नेपालमा नपर्ने तर बंगालको खाडीमा बनेको न्यूनचापीय रेखाको प्रभाव के कति पर्छ भन्नेबारे अध्ययन विश्लेषण भैरहेको र अहिले नै यकिन गर्न नसकिने मौसमविद् मानन्धरले बताइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *