Sajhamanch Archive

घट्यो सुनको मूल्य

Published: in अर्थतन्त्र, समाज by .

झापा । सुनको मूल्य ओरालो लाग्नेक्रम शुक्रबार पनि जारी छ । अघिल्लो कारबार दिनको तुलनामा शुक्रबार सुनको भाउ तोलामा दुई सय रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघले आजका लागि सुनको छापावल प्रतितोला भाउ ९१ हजार तीन सय रुपैयाँ तोकेको छ । यस्तै तेजावी सुनको भाउ भने ९० हजार ८ सय रुपैयाँ छ । बिहीबार प्रतितोला छापावाल र तेजाबी सुनको भाउ क्रमशः ९१ हजार पाँच सय र ९१ हजार रुपैयाँ थियो ।

यस्तै चाँदीको भाउमा पनि सामान्य गिरावट आएको छ । बिहीबार ११ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदीको प्रतितोला मूल्य शुक्रबारका लागि ११ सय ६५ रुपैयाँ तोकिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *