Sajhamanch Archive

उद्योग वाणिज्य महासंघको साधारण सभा : मतदान सम्पन्न, मतगणनाको तयारी

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by .

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारण सभा अन्तर्गत मतदान सम्पन्न भएको छ ।

जिल्ला, वस्तुगत र एशोसिएट तीनवटै क्षेत्रको मतदान सम्पन्न भएको निर्वाचन समितिका प्रवक्ता लिलामणि पौडेलले जानकारी दिए । उनले शतप्रतिशत नै मतदान भएको र केहिबेरमा मतगणना सुरु हुने पनि उनले बताए ।

वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्न पाउने व्यवस्था अनुसार शेखर गोल्छा महासंघको अध्यक्ष बन्दै छन् । गोल्छा पछिको नेतृत्वमा पुग्नका लागि वरिष्ठ उपाध्यक्ष पदमा महासंघका वर्तमान उपाध्यक्षहरु चन्द्रप्रसाद ढकाल र किशोर प्रधान प्यानल सहित प्रतिस्पर्धामा छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *