Sajhamanch Archive

हाम्रो आवाज त सुनिदेउ, तिमी कता छौ सरकार ?

Published: (Updated: ) in विचार/ब्लग, by .

वार्षिक करिव ८ अर्बभन्दा बढीको कृषिजन्य समाग्री भारतबाट आयत गरिरहँदा नेपाललाई कृषिप्रधान देश भनेर भन्नमा असहजता सृजना भएको छ ।

नेपालका करिब ८०% मानिसहरु कृषि पेसामा संलग्न भएतापनि चामल, तेल, हरियो सागसब्जी र फलफूलहरु जस्ता अति आवश्यक खाद्यान्नको लागि छिमेकी मुलुकहरुको मुख ताक्नु पर्ने बाध्यात्मक परिस्थिति नेपालमा छ । आखिर यो सब किन ? अनि कहिले सम्म ? सरकारलाई मेरो प्रश्न -यिनै नेपाली युवाहरूको श्रम र सिपबाट खाडी मुलुकहरुले मरुभूमि पनि हराभरा बनाए तर मेरो स्वर्ग जस्तो प्रकृतिले बरदान दिएको देश आखिर किन मरुभूमि बन्दैछ ?

अबको सरकारले युवाहरूलाई देश मै अवसर सृजना गर्नु पर्छ यसरी वार्षीक ५ लाख भन्दा बढी युवालाई खाडी मुलुकको हतियार बनाइयो भने देशले निकट भविष्य मै ठुलो सङ्कट बेहोर्नु न पर्ला भन्न् सकिन्न ।

आधुनिक कृषि प्रणालीको अध्ययन र अभ्यासका निमित्त (earn and learn) कार्यक्रम मार्फत इजरायल सरकारले बर्सेनि करिब ६०० भन्दा बढी कृषिमा क्रान्ति गर्न सक्ने दक्ष सिपाही उत्पादन गर्न सहयोग गरेको छ । यदि यो जनशक्तिलाई नेपाल सरकारले व्यवस्थापन गर्न सके बिदेशीने युवाको संख्यालाई घटाएर र कृषिप्रति युवा आकर्षणलाई बढाउन सकिन्छ भन्ने हाम्रो बुझाइ छ ।

भौगोलिक वातावरणको दृस्ठिकोणबाट हेर्दा कृषिमा सम्भावनै -सम्भावना बोकेको मेरो देशले आजैबाट कृषि क्रान्ति सुरु गरे अर्थतन्त्रमा ठूलो परिवर्तन हुनका साथै देश छिट्टै आत्मानिर्भर बन्न सक्छ भन्ने हाम्रो दृढ़ विश्वास छ । हामीले यहाँ पद्धति सिकेका छौँ ,लगनशीलता र उत्पादनको आइडिया हामीसँग प्रसस्त छ तर चरम गरिबीको रेखामुनिबाट सुरु गर्ने हाम्रो व्यवसायमा लागानी गर्ने लगानीकर्ता र जोखिम बहन गर्ने अभिभावकको खाँचो छ ।

नेपाल सरकारले बजार व्यवस्थापन र जोखिम बहन गर्न सक्ने वातावरण सृजना गरिदिए नेपाललाई हामी साँच्चै कृषिप्रधान देश हो भनेर गौरव गर्न योग्य बनाउँछौ ।हामीले हाम्रो उमेर र पसिनासँग साटेको सिपले देश बनाउछौँ। हाम्रा सन्ततिहरुको भविष्य हाम्रै माटोमा सुनिश्चित गर्छौं । हाम्रो आवाज त सुनिदेउ । तिमि कता छौ सरकार ?

( लेखक झापा निवासी हुन्, हाल उनी इजरायलमा आधुनिक कृषिको अध्ययन् र अभ्यासको क्रममा छन् ।)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *