Sajhamanch Archive

प्रदेश प्रमुख अधिकारीलाई कोरोना संक्रमण

Published: in प्रदेश तह, स्वास्थ्य by .

विराटनगर । प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

विराटनगरस्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा शुक्रबार स्वाब नमूना परिक्षण गराउँदा प्रमुख अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको उनको सचिवालयले जानकारी दिएको छ ।

प्रमुख अधिकारीसँगै श्रीमती जानुका अधिकारी र अर्का एक सुरक्षाकर्मीमा समेत संक्रमण देखिएको छ । संक्रमण देखिएसंगै प्रमुख अधिकारी निवासमै आइसोलेसनमा स्वास्थ्यलाभ गरिरहेका छन् ।

प्रमुख अधिकारी केही दिनअघि पोखरास्थित निवास पुगेर विराटनगर बिहीबार फर्किएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *