Sajhamanch Archive

प्रदेश १ मा १७७ संक्रमित थपिए, ४२१ जना संक्रमणमुक्त

Published: (Updated: ) in प्रदेश तह, समाज, स्वास्थ्य by .

विराटनगर । प्रदेश १ मा आज १७७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ६८, झापामा ३८, इलाममा २१, सुनसरीमा १९, संखुवासभामा ८, सोलुखुम्वु र उदयपुरमा ३–३, पाँचथर र ताप्लेजुङमा २–२ र प्रदेश १ बाहिरका १३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ५३, सुन्दरहरैचामा ४, बेलबारीमा ३, कटहरी र पथरीशनिश्चरेमा २–२, ग्रामथान, रतुवामाई,बुढीगंगा र स्थानीय तह नखुलेका १–१, झापाको झापा गाउँपालिकामा १४, दमकमा ९, अर्जुनधारामा ६, विर्तामोडमा भद्रपुर र हल्दिबारीमा २–२, गौरीगञ्ज, कनकाई र गौरादहमा १–१, इलामको इलाम नगरपालिकामा २०, देउमाईमा १, सुनसरीको इटहरीमा १०, इनरुवामा ३, बराहक्षेत्र र देवानगञ्जमा २–२, हरिनगर र दुहवीमा १–१ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

उता संखुवासभाको खाँदबारीमा ४, चैनपुर, चिचिला, मकालु र पाँचखपनमा १–१,सोलुखुम्वुको थुलुङ दुधकोशीमा ३, उदयपुरको त्रियुगामा २, चौदण्डीगढीमा १, पाँचथरको फिदिम र स्थानीय तह नखुलेका १–१, ताप्लेजुङको फुङलिङमा २ र  प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४२१ जना कोरोना संक्रमणमुक्त भएका छन् । होमआईसोलेसनबाट ३८६, न्युरो अस्पताल विराटनगरबाट २७, विराट मेडिकल कलेज बुढीगंगाबाट ७ र मेची अस्पतालबाट १ जना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २२ हजार १८३ पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *