Sajhamanch Archive

अस्पतालबाट डिस्चार्ज भए कांग्रेस नेता मीन विश्वकर्मा

Published: (Updated: ) in राजनीति, स्वास्थ्य by .

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्मा अस्पतालबाट डिस्चार्ज भएका छन् । १ कात्तिकमा कोरोना पुष्टि भएपछि गम्भीर विरामी परेका विश्वकर्मा ३६ दिनमा डिस्चार्ज भएका हुन् ।

कोरोना संक्रमणपछि ८ दिनसम्म होम आइसोलेसनमा बसेका उनी श्वासप्रश्वासमा समस्या भएपछि ९ कात्तिकमा वीर अस्पतालमा भर्ना भएका थिए । तीन दिन वीरमा उपचार गराएपछि विश्वकर्मालाई थप उपचारका लागि ग्रान्डी अस्पतालमा भर्ना गरिएको थियो ।

सांसद एवं दलित संघका अध्यक्ष रहेका विश्वकर्मालाई श्वासप्रश्वासमा समस्या र निमोनिया भएको थियो । १५ कात्तिकदेखि एक हप्तासम्म भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । स्वास्थ्यमा सुधार आएपछि २४ कात्तिकमा भेन्टिलेटरबाट उनलाई निकालिएको थियो ।

स्वास्थ्यमा सुधार आएपछि आइतबार उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको अस्पतालले जानकारी दिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *