Sajhamanch Archive

दुहवीमा युवकको सव भेटियो, अपहरणपछि हत्याकोे आशंका

Published: (Updated: ) in विविधा by .

मोरङ्ग । पाँच दिनदेखि बेपत्ता युवकको शव शंकास्पद अवस्थामा फेला परेको छ । दुहवी नगरपालिका–२ का १७ वर्षीय सुजननारायण चौधरीको शव फेला परेको हो ।

इलाका प्रहरी कार्यालय दुहवीका अनुसार सोमबार बिहान दुहबी–२ मा रहेको शुभलक्ष्मी उद्योगको पछाडी रहेको खाली भागमा शव भेटिएको हो ।

उनी मसिंर १० गतेदेखि बेपत्ता थिए । सोमबार बिहान करिब ५ बजे भेटिएको शवको टाउको र संवेदनशिल भागमा चोट देखिएको प्रहरीले जनाएको छ ।

कक्षा ११ मा अध्ययनरत चौधरीलाई अपहरण गरी हत्या गरिएको हुन सक्ने प्रहरीले आशङ्का गरेको छ ।

स्राेतका अनुसार सुजन बेपत्ता भएकै दिन आमाको मोबाइलमा अज्ञात व्यक्तिले पैसा माग गर्दै धम्की दिएका थिए । सोही दिन आफन्तले प्रहरीलाई जानकारी गराएका थिए । लगत्तै प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।

घटनाको प्रारम्भिक अनुसन्धानले अपहरण हुन सक्ने आशङ्का गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए ।

मृतकको शव पोस्टमार्टमको लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *