निजी क्षेत्रसँगको सहकार्यबाटै अगाडि बढ्छौं : अर्थमन्त्री पौडेल
Published: (Updated: )
by .काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले कोभिडले अर्थतन्त्रमा परेको असर न्यूनीकरणका लागि निजी क्षेत्रसँग सहकार्य गर्दै अगाडि बढ्ने बताएका छन् ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २३ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले कोभिडबाट प्रभावित अर्थतन्त्रलाई अगाडि बढाउन सरकारले ध्यान दिने बताए । त्यसका लागि निजी क्षेत्रले पनि साथ दिनुपर्ने उनले बताए । “सरकार अग्रभागमा रहने भएपनि निजी क्षेत्रसँगको सहकार्य महत्वपूर्ण हुन्छ,” उनले भने ।
कोभिडले सिर्जना गरेका चुनौतिको सामना गर्दै लगानी वृद्धि गर्ने, रोजगारी सिर्जना एवं उत्पादन बृद्धिमा ध्यान दिइनुपर्ने उनले बताए । अर्थतन्त्रलाई चलायमान बनाउँदै अगाडि बढाउन सरकार केन्द्रित रहेको उनले बताए ।
बाह्रखरी
Comments