Sajhamanch Archive

रिङ रोड र रेल्वेको कामले चाडै गति लिनेः मन्त्री घिमिरे

Published: in विविधा by .

विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले रिङ रोड र रेल्वेको कामले गति लिने बताएका छन् ।

कटहरी १ को जेएम युवा क्लवको २४ औं बार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री घिमिरेले अवरुद्ध भएको रिङ रोड र रेल्वेको कामले छिट्टै गतिलिने बताए । मोरङको कटहरी १ मा मुआब्जा विवादका कारण रेल्वेको काम अवरुद्ध भएपनि अव निर्माणले चाडै गतिलिने मन्त्री घिमिरेले जानकारी दिए । उनले मुआव्जाको विवाद समाधान तर्फ गएको र रिङ रोड र रेल्वे सञ्चालनमा आएपछि कटहरीको सामाजिक र आर्थिक जीवनमा परिर्वतन हुने बताए ।

मोरङको कटहरीले इतिहासमा अहिलेसम्म नपाएको बजेट पाइरहेको छ, मन्त्री घिमिरेले भने, संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले तीन बर्षको अवधिमा कटहरी क्षेत्रमा उल्लेख्य बजेट विनियोजन गरेका छन् ।’ तीन बर्षको अवधि भित्रमा कटहरीको विकासले गति लिएको मन्त्री घिमिरेले बताए । कार्यक्रममा बार्षिकोत्सवको अवसरपारि आयोजित टेवल टेनिस प्रतियोगिताका विजेतालाई मन्त्री घिमिरेले पुरस्कार वितरण गरेका थिए । उनले संसद विकास कोषबाट ५० हजारको खेल सामाग्री पनि क्लव मार्फत खेलाडीहरुलाई वितरण गरेका थिए ।

कार्यक्रममा कटहरी १ का वडाध्यक्ष कपुरलाल माझी, क्लवका अध्यक्ष सत्यानारायण माझी, देवराज चौधरी लगायतले बोलका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *