Sajhamanch Archive

एक अध्यक्षको मात्रै राजीनामा माग्नु एकता विरोधी मानसिकता : पोखरेल

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । नेकपाका स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले पार्टीमा उत्पन्न समस्याको कारक प्रधानमन्त्री केपी शर्मा ओलीलाई मात्रै ठान्नु एकता विरोधी मानसिकता भएको बताएका छन् ।

सामाजिक सञ्जालमा छोटो स्ट्याटस राख्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका पोखरेलले एक अध्यक्षमात्रै जिम्मेवार हुन नसक्ने बताएका हुन् ।

“पार्टीमा उत्पन्न समस्याका लागि कुनै एक अध्यक्षलाई मात्र जिम्मेवार देखाएर राजिनामाको माग गर्नु पार्टी एकता विरोधी गुटगत मानसिकता हो,” उनले भनेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *