Sajhamanch Archive

नेपालका ए डिभिजन क्लबले पाएनन् एएफसीको लाइसेन्स

Published: in खेलकुद by .

काठमाडौं । नेपालका ए डिभिजन फुटबल क्लबहरु एएफसीको क्लब लाइसेन्सका लागि अयोग्य भएका छन् । नेपालका शीर्ष डिभिजनका १३ क्लबले लाइसेन्सका लागि आवेदन दिएका थिए । तर एएफसीले उक्त आवेदन अस्वीकार गरेको छ ।

यसको अर्थ नेपालका शीर्ष क्लबहरु कुनैले पनि अब २०२१ मा एएफसीले आयोजना गर्ने फुटबल प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउने छैनन् ।

२०२१ का लागि नेपालका १३ ए डिभिजन क्लबले क्लब लाइसेन्सका लागि आवेदन दिएकोमा कुनै क्लबले पनि मापदण्ड पूरा गर्न नसकेपछि एएफसीले आवेदन अस्वीकार गरेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

एन्फाले नयाँ सिजन २०२१ को एएफसी क्लब प्रतियोगिताको सहभागीताका लागि गरेको क्लब आवेदनमा एएफसीले मापदण्ड नपुगेको भन्दै प्रस्ताव अस्विकृत गरेको हो । गत वर्ष गलत तरिकाले क्लब लाइसेन्स लिएको भन्दै एएफसीले एन्फालाई जरिवाना समेत लगाएको थियो ।

एएफसीको फस्ट इन्स्ट्यान्ट बडी (एफआईबी) ले नेपाली क्लबको डकुमेन्टको आधारमा क्लब लाइसेन्स नदिनेबारे निर्णय गरेको हो ।क्लब लाइसेन्स नभएपछि नेपाली क्लबले एएफसीको प्रतियोगिता खेल्न पाउने छैन ।

ए लाइसेन्स प्रक्रियामा लगभग नजिक पुगेको विभागीय आर्मी क्लबलाई एएफसीले आर्मीको प्रतिबद्धता र प्रयासलाई प्रशंसा समेत गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *