Sajhamanch Archive

फेरि बढ्यो सुनको मूल्य

Published: in अर्थतन्त्र, समाज by .

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५०० ले वृद्धि भएको छ।

सोमबार प्रतितोला ९० हजारमा कारोबार भएको छापावाला सुन आज ५०० ले बढेर ९० हजार ५०० पुगेको छ।

त्यसैगरी सोमबार प्रतितोला ८९ हजार ५५० मा कारोबार भएको तेजाबी सुनको मूल्य आज भने ९० हजार ५० तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

तेजाबी सुन पनि प्रतितोला ५०० ले वृद्धि भएको हो। यस्तै चाँदी प्रतितोला एक हजार १५५ मा कारोवार भइरहेको छ। सोमबार प्रतितोला एक हजार १२० मा कारोवार भएको चाँदी आज भने तोलामा ३५ ले वृद्धि भएको हो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *