Sajhamanch Archive

छोरोको जन्म दिनको अवसरमा खतिवडाद्वारा न्यानो कपडा वितरण

Published: in विविधा by .

भद्रपुर । भद्रपुर जेसीजका निवर्तमान अध्यक्ष अनुज खतिवडाले आफ्नो छोराको जन्म दिनको अवसर पारेर जाडोमा लगाउने न्यानो कपडा वितरण गरेका छन् ।

खोज पत्रकारिता मञ्च चन्द्रगढीसित सहकार्य गरी भद्रपुर नगर क्षेत्रमा रहेर पत्रिका वितरण गर्ने तथा वितरण व्यवस्थापन गर्ने दश जनालाई जाडोबाट जोगाउन छोराको जन्म दिनको अवसरमा भद्रपुर जेसीजका निर्वतमान अध्यक्ष खतिवडाले ज्याकेट वितरण हुन् ।

भद्रपुर जेसीजका अध्यक्ष डिल्लीराम पोखरेलको अध्यक्षता तथा भद्रपुर १० का वडाध्यक्ष टेकबहादुर खड्का काजीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव खिलनाथ पाण्डे निकासले गरेका थिए । कार्यक्रममा खतिवडाले सामाजिक कार्य अन्र्तगत पत्रिका वितरण पेशा अपनाएर जीवन गुजरा गर्ने वितरकलाई प्राथमिकतामा राखेर न्यानो कपडा प्रदान गरिएकोमा खोज पत्रकारिता मञ्चको तर्फबाट जेसीज टिमलाई समेत धन्यवाद दिँदै मञ्का अध्यक्ष ईश्वर अधिकारीले आभार प्रकट गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *