Sajhamanch Archive

प्रदेश १ मा १७९ संक्रमित थपिए, ९२ जना डिस्चार्ज

Published: (Updated: ) in प्रदेश तह, समाज, स्वास्थ्य by .

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा १७९ जना कोरोना संक्रमित थपिएका छन् ।

झापामा ६२, मोरङमा ५३, सुनसरीमा ३८, इलाममा १०, पाँचथर र तेह्रथुममा २–२, ताप्लेजुङ, धनकुटा र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

झापाको विर्तामोडमा २२, भद्रपुरमा १५, दमकमा ७, कनकाई र शिवसताक्षीमा ४–४, अर्जुनधारामा ३, मेचीनगरमा २, गौरादह, बुद्धशान्ति, कचनकवल, कमल गाउँपालिका र स्थानीय तह नखुलेका १-१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

मोरङको विराटनगरमा ४०, बेलबारीमा ३, केराबारी, पथरीशनिश्चरे र सुन्दरहरैचामा २-२, रतुवामाई, उर्लाबारी, कटहरी र स्थानीय तह नखुलेका १–१ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।

यसैगरी सुनसरीको धरानमा १८, इटहरीमा १७, भोक्राहानरसिंह, देवानगञ्ज र स्थानीय तह नखुलेका १ जनाको रिपोर्ट पोजटिभ आएको छ।

उता इलामको माईमा ८, इलाम नगरपालिका र रोङमा १–१, पाँचथरको फिदिम र मिक्लाजुङमा १–१, तेह्रथुमको लालिगुराँसमा २, ताप्लेजुङको पाथीभरा याङवरक, धनकुटा र उदयपुरको त्रियुगामा १–१ र प्रदेश १ बाहिरका ९ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। प्रदेश १ मा कोरोना संक्रमितको संख्या २७ हजार ४४१ पुगेको छ।

प्रदेश १ मा मंगलबार ९२ जना डिस्चार्ज भएका छन्। होम आइसोलेसनबाट ८३, विराट मेडिकल कलेजबाट ५  र मेची अस्पतालबाट ४ जना डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २२ हजार ३७७ पुगेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *