Sajhamanch Archive

झापामा थप ५९ जनामा कोरोना संक्रमण

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by .

झापा । झापामा आज थप ५९ जना कोरोना संक्रमित थपिएका छन् । जसमा २३ महिला र ३६ जना पुरुष रहेका छन् ।

दमक नगरपालिकामा ४ महिलासहित ७ जना, मेचीनगर नगरपालिकामा १ जना महिला, बिर्तामोड नगरपालिकामा ६ महिलासहित १५ जना, भद्रपुर नगरपालिकामा ८ महिलासहित १६ जना, अर्जुनधारा नगरपालिकामा १ महिलासहित ३ जना, कनकाई नगरपालिकामा ४ जना पुरुष संक्रमित रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।

यसैगरी,शिवसताक्षी नगरपालिकामा २ महिलासहित ४ जना, कचनकवल गाउँपालिकामा १ जना महिला, बुद्धशान्ति गाउँपालिकामा १ जना पुरुष, गौरादह नगरपालिकामा १ जना पुरुष र अन्य पालिका नखुलेका ६ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज मृत्यु हुनेमा २ महिलासहित ३ जना रहेका छन् । जसमा शिवसताक्षी नगरपालिका वडा नं.८ का ३६ वर्षीया महिला, सोहि ठाउँका ८७ वर्षीय पुरुष र दमक नगरपालिका वडा नं.३ की ८२ वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको कार्यालयले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *