Sajhamanch Archive

किसानलाई पुरस्कार स्वरुप एक लाख रुपैयाँ वितरण

Published: (Updated: ) in समाज, स्थानीय तह by .

पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिकाले पालिकाका ८८ जना किसानलाई प्रोत्साहन स्वरुप पुरस्कार वितरण गरेको छ ।

धान, मकै र आलु उत्पादन गर्ने किसानलाई पुरस्कार दिइएको हो । ४० मुरीभन्दा बढी धान उत्पादन गर्ने, मकै राख्ने थाङ्ग्रो २० फिट लम्बाइ र दुई फिट चौडा भएको भन्दा बढी उत्पादन गर्ने किसानलाई गाउँपालिकाले प्रति किसान एक लाख रुपैयाँ प्रोत्साहन पुरस्कार दिएको हो ।

गाउँपालिकाका अध्यक्ष अमर माखिमका अनुसार ४० मुरीभन्दा बढी धान फलाउने ४२ जना र तोकिएको मापदण्डअनुसार मकै फलाउने ४६ जना किसानलाई पुरस्कार दिइएको हो । किसान बलबहादुर भण्डारीले भने मकै र धान दुवैमा तोकिएको मापदण्ड पूरा गरेकाले दुई लाख रुपैयाँ पाएका छन् ।

                                                                                                                         उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *