Sajhamanch Archive

नवौं राष्ट्रिय खेलकुद फागुनमा नुहुने

Published: in खेलकुद, समाज by .

पोखरा। पोखरामा सञ्चालन हुने भनिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता फागुनमा नहुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नवौं राष्ट्रिय खेलकुद आगामी फागुन २० गतेदेखि पोखरामा गर्ने निर्णय गरेको थियो ।

गण्डकी प्रदेशको राजधानी पोखरामा हुन लागेको नवौं राष्ट्रिय खेलकुदका लागि आवश्यक भौतिक पूर्वाधारअन्तर्गत स्विमिङ, सुटिङ र हकीबाहेक अरु खेलका पूर्वाधारहरु निर्माण भइसकेका छन् । स्विमिङ र सुटिङका लागि टेन्डर पारित भएको छ भने हकीका लागि जग्गा खोज्ने कार्य भइरहेको छ ।

खेलका भौतिक पूर्वाधारहरु तयार भए पनि कोरोना संक्रमणको जोखिमका कारण फागुनमा खेल आयोजना गर्न नसकिने राखेप सदस्य सम्पन्न श्रेष्ठले बताए ।नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशको राजधानी पोखरामा नै हुने र पूर्वाधारका कारण खेल नरोकिने उनले स्पष्ट पारे । यद्यपि खेल कहिले हुने भन्ने सम्बन्धमा राखेपले छिट्टै निर्णय गर्ने पनि बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *