Sajhamanch Archive

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक

Published: (Updated: ) in राष्ट्रिय समाचार, शिक्षा by .

काठमाडौं । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले तयार पारेको प्रतिवेदन सरकारले सार्वजनिक नगरेपछि आयोगका सदस्यहरुले आफैं सार्वजनिक गरेका छन् ।

आयोगले २०७५ सालमा सरकारलाई बुझाएको प्रतिवेदन अहिलेसम्म सार्वजनिक नभएपछि आयोगका सदस्यहरुले शुक्रबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी सार्वजनिक गरेका हुन् ।

प्रतिवेदन सार्वजनिक गरेपछि पत्रकारहरुसँग आयोगका सदस्य श्याकुमार श्रेष्ठले जनतालाई सूचनाको हक भए अनुसार प्रतिवेदनमा के छ भन्ने जानकारी दिन आफैं प्रतिवेदन सार्वजनिक गरेको बताए । प्रतिवेदनमा सबै विद्यालयमा विषयगत दक्ष शिक्षक दिइनुपर्ने, अधिकार सम्पन्न योग्य प्रधानाध्यापक दिनुपर्ने, पूर्वाधारका संरचनाहरु दिनुपर्ने, समाजका राम्रा व्यक्तिहरु शिक्षण पेशामा आउन् भन्नका लागि अन्य सरकारी कर्मचारीको भन्दा १० प्रतिशत ज्यादा तलब हुनुपर्नेलगायत विषयहरु उल्लेख रहेको श्रेष्ठले बताए ।

१२ कक्षा पास गरेर उच्च शिक्षामा जान नचाहने विद्यार्थीलाई न्यूनतम व्यवसायिक सीपले योग्य हुनुपर्ने गरी हरेक विद्यालय शिक्षा व्यवसायीक हुनुपर्ने उनले बताए ।उच्चशिक्षामा राजनीतिकिकरण हुने अवस्थालाई अन्त्य गर्नुपर्ने, प्रधानमन्त्री तथा शिक्षामन्त्री पदाधिकारी हुने प्रणालीको अन्त्य हुनुपर्ने कुराहरु पनि प्रतिवेदनमा उल्लेख छ । यस्तै आयोगका आमन्त्रित सदस्य बाबुराम थापाले विश्वविद्यालयहरुलाई अनुसन्धानको केन्द्र बनाइनुपर्ने विषय पनि प्रतिवेदनमा समावेस भएको जानकारी दिए ।

निजी विद्यालयले लिने शुल्क, शिक्षकलाई दिने तलब र उनीहरुको हिसाब नियमन हुनुपर्ने, नाफारहित हुनुपर्ने र १० वर्ष भित्रमा सबै निजी विद्यालयहरु सार्वजनिक गुठीमा बदल्नुपर्ने सुझाव प्रतिवेदनमा उल्लेख छ ।

                                                                                                                                       बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *