Sajhamanch Archive

प्रदेश १ का स्थानीय तहमा विद्युतिय आपुर्ती व्यवस्थापन सूचना प्रणाली कार्यान्वयन गरिने

Published: in विविधा by .

विराटनगर । प्रदेश १ का स्थानीय तहहरुमा विद्युतिय आपुर्ती व्यवस्थापन सूचना प्रणाली कार्यन्वयन गरिने भएको छ ।

आपुर्ती व्यवस्थापन सूचना प्रणाली कार्यान्वयनका लागि स्थानीय तहका स्वास्थ्य संयोजक र कार्यक्रम हेर्ने फोकल पर्सनलाई इएलएमआईएस संवन्धि अभिमुखीकरण शुरु गरिएको हो ।

विराटनगरमा आजदेखि शुरु भएको अभिमुखीकरणको उद्घाटन गर्दै सामाजिक विकास मन्त्री जीवन घिमिरेले सूचना प्रणाली व्यवस्थित नहुँदा समस्या हुने गरेको बताए । उनले तीन तहको सरकारका कारण पनि सूचना प्रणालीमा केही समस्या भएको जानकारी दिए । कानुनगत समस्याका कारण रिपोर्टिङमा समस्या छ । रिपोर्टिङ प्रकृया झन्झटिलो भएकाले सिधै समन्वका लागि सहजीकरणको प्रवन्ध हुँदै गएको उनले बताए । संविधानको भावना र मर्म तीन तहवीच समन्वय, सहकार्य र सहजीकरणको सिद्धान्तलाई तीन तहको सरकारले आत्मासाथ नगरेको मन्त्री घिमिरेले गुनासो गरेका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभागका एकिकृत स्वास्थ्य सूचना व्यवस्थापन शाखा प्रमुख बद्रिनाथ ज्ञवालीले देशभरको सूचना प्रणालीलाई एकद्वार बनाउने नीति अनुसार कार्यक्रम कार्यन्वयन गर्दै लगिएको बताए । हाल ७ वटै प्रदेशमा अभिमुखीकरणको काम भईरहेको छ ।

सामाजिक विकास मन्त्रालय प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा आजदेखि मोरङ, सुनसरी र झापाका तीन जिल्लामा अभिमुखीकरण शुरु भएको छ । आगामी १० दिन भित्रमा १ सय ३७ वटै स्थानीय तहमा कार्यक्रम कार्यन्वयनका लागि अभिमुखीकरण गरिसकिने प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त प्रमुख डा. सुरेश महेताले बताए । युएस एड जिएचएससी पिएसएम परियोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा शुरु अभिमुखीकरण पछि आपुर्ती व्यवस्थापनमा सहज हुने डा. मेहताले जानारी दिए । जहाँबाट पनि स्थानीय तहमा रहेको स्वास्थ्य सामाग्री, औषधि लगायतको मौज्दातका वास्तविक जानकारी हुने र दोहोरोपना हट्ने छ ।’ प्रदेश १ का स्वास्थ्य कार्यालयहरु र जिल्ला अस्पतालहरुमा भने विद्युतिय आपुर्ती व्यवस्थापन सूचना प्रणाली कार्यान्वयनमा आईसकेको डा. मेहताले बताए ।

युएसएड जिएचएससी पिएसएम प्रोजेक्टका कन्ट्री डाईरेक्टर म्याक्स कवालिसाले आपुर्ती व्यवस्थापन सूचना प्रणालीले औषधि र औषधिजन्य सामाग्रीको सहि तथ्याङक थाहा हुनुका साथै सुशासन कायम गर्न सहयोग पुग्ने बताए ।

कार्यक्रममा स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानवहादुर वस्नेत लगायतले विद्युतिय आपुर्ती व्यवस्थापन सूचना प्रणालीले तथ्याङ्कमा आधारित निर्णय दिन सहयोग पुग्ने बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *