Sajhamanch Archive

झापामा थप २६ जनामा कोरोना संक्रमण

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by .

बिर्तामोड । झापामा आज थप २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा ९ महिला र १७ जना पुरुष रहेका छन् ।

संक्रमित हुनेहरुमा दमकका २ महिला र ३ पुरुष, बिर्तामोडका ४ महिला, शिवसताक्षी र झापा गाउँपालिकाका १/१ महिला र ३/३ जना पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

त्यस्तै,मेचीनगर र बुद्धशान्ति गाउँपालिकाका ३/३ जना पुरुष, भद्रपुरका १ महिला र १ पुरुष तथा पालिका नखुलेका एकजना पुरुषमा पनि संक्रमण भएको हो ।

झापामा आज कोरोना संक्रमणबाट एकजनाको निधन भएको छ । निधन हुनेमा मेचीनगर नगरपालिका वडा नं.८ का ५५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट ज्यान गएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

योसँगै झापामा कोरोना संक्रमितको हुनेको संख्या ४ हजार ३६ जना पुगेको छ । कोरोना जितेर घर फर्किनेको संख्या २ हजार ७४३ रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *