Sajhamanch Archive

राप्रपाले आज झापामा प्रदर्शन गर्दै

Published: in राजनीति, राष्ट्रिय समाचार by .

झापा । राजतन्त्रको पुनःस्थापना र हिन्दू राष्ट्रको पक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आज झापामा प्रदर्शन गर्दैछ ।

राजसंस्था र हिन्दूराष्ट्रको पुनस्र्थापना, संघीयताको खारेजी, भ्रष्टाचार नियन्त्रण, कोरोना व्यवस्थापनमा सरकारको असक्षमता, रासायनिक मलको अभाव लगायतका विषयमा केन्द्रित रहेर झापामा राप्रपाले प्रदर्शन गर्न लागेको हो ।

काँकरभिट्टाबाट एकैसाथ मोटरसाइकल र्याली निकालेर बिर्तामोडमा आएर कोणसभा गर्ने कार्यक्रम तय भएको जनाइएको छ । जसका लागि विभिन्न उपसमिति समेत गठन भएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *